नेपाल बैंगलादेश बैंकको नाफा सवा दुई अर्ब, १६ प्रतिशत लाभांश दिनसक्ने

२४ श्रावण २०७८, आईतवार ०९:००

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित भएको छ । सो वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८४.१७ प्रतिशतले बृद्धि भई दुई अर्ब २९ करोड २५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएसँगै बैंकको प्रतिशेयर आम्दानी मात्रै बढेको छैन, उक्त मुनाफाबाट शेयरधनीहरुलाई १६.३८ प्रतिशत मुनाफा वितरण गर्न सफल हुने देखिएको छ ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ७.५ घटेको छ भने खुद नाफा बढेको छ । खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा बैंकको खुद नाफा बढ्न पुगेको वित्तीय विवरणमा देखिएको छ । सो आधारमा गत आवको ब्यालेन्ससिटमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ छ ।

गत साउनमा अघिल्लो आवको वित्तीय विवरण प्रकाशित गर्दा १४.६५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष १० रुपैयाँ ८१ पैसा बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ । वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ । बैंकको चुक्ता पुँजि नौ अर्ब ४८ लाख रुपैयाँ छ ।

बैंकको निक्षेप ३१.४५ प्रतिशत र कर्जा १५.८६ प्रतिशत बढेको छ । विगतमा सञ्चालकहरुको कोपभाजनमा परेर विस्तारै अघि बढ्दै गरेको बैंकले अब प्रगतिको लय समात्न लागेको हो कि भन्ने देखिएको छ । नेपाल बंगलादेश बैंकको मुख्य लगानीकर्ता मध्येको एक बंगलादेशस्थित एक बैंकले आफ्नो लगानी फिर्ता लान प्रक्रिया सुरु गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*