साउन मसान्तदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

२४ श्रावण २०७८, आईतवार ११:०६

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्ने क्रममा बुद्धभुमि नेपाल हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्ना लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट उक्त आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*