५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह

२४ श्रावण २०७८, आईतवार ११:३२

काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीको २०७२ साल पुस १३ गते सम्पन्न ३१ औं साधारण सभाबाट पारित नगद लाभांश केही शेयरधनीहरुले लिन नआएकाले एक महिना भित्रमा बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैकिङ नेपाल लिमिटेड, नक्साल काठमाडौंमा पुरानो लाभांश बुझिलिन अनुरोध गरेको हो ।

साथै तोकिएको समयभित्र उक्त नगद लाभांश बुझिलिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*