फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

२४ श्रावण २०७८, आईतवार ११:३४

काठमाडौं । आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। माईक्रोफाइनान्सको ३ लाख १९ हजार ४ सय १० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

जसमा न्यूनतम ३ सय रुपैयाँ भाउ राखेर आवेदन दिन पाउनेछन् । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । माईक्रोफाइनान्सको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*