नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२४ श्रावण २०७८, आईतवार ११:३८

काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

जसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यबैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गरेको हो ।

बैंकको बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*