भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु

२४ श्रावण २०७८, आईतवार ११:४९

काठमाडौं । भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार थलानी गर्ने भएको छ । दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै कम्पनीको असार २१ गते बसेको सभाले एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९८ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*