इन्फिनिटी लघुवित्तको खुद नाफा १६५.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

२४ श्रावण २०७८, आईतवार १२:२०

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत असार मसान्तसम्ममा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६५.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा ४ करोड ७४ लाख १८ हजार रुपेयाँ आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७७.१९ प्रतिशत बढेर २७ करोड ५० लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीलले खुद ब्याज आम्दानी १५ करोड ५१ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको थियो । साथै समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा १४७.८४ प्रतिशत बढेर १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर २६ करोड ६ लाख ५० हजार रुपैयाँ र जगेडा कोष १११.७० प्रतिशत बढेर १६ करोड ५८ लाख ७९ हजार रुपैयाँ पुगेको छ । भने कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५८ पैसाले बढेर ४८ रुपैयाँ ३७ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ भने १६३ रुपैयाँ ६४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*