रुरु जलविद्युतको खुद नाफामा उल्लेख्य प्रदर्शन

२४ श्रावण २०७८, आईतवार १२:३१

काठमाडौं । रुरु जलविद्युत परियाजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष सोही अवधिसम्ममा कम्पनीले १६ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी २०.६८ रुपैयाँ रहेको छ । पीई रेसियो ४३.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.७७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*