सहारा विकास बैंकद्धारा ३ वर्षको साधारण सभा एकैपटक गर्ने, नयाँ शेयरधनीले भाग लिन नपाउने

२४ श्रावण २०७८, आईतवार १२:५८

काठमाडौं । सहारा विकास बैंकले वार्षिक साधारण सभा डोकेको छ । बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साउन २२ गते संचालक समितिको बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आ.व. २०७६/०७७ सम्मको आठौं, नवौं र दशौं वार्षिक साधारण सभा एकैपटक गर्ने निर्णय गरेको हो । बैंकले भदौ १२ गते उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा सर्लाहीको मलंगवास्थित होटेल कुसुम एन्ड पार्टी प्यालेसमा बिहान साढे १० बजेबाट सुरु हुने जनाएको छ ।

सभाले सहारा विकास बैंक र गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । साथै सभाले प्राप्ति प्रयोजनका लागि तोकिएको १ः१ शेयर स्वाप अनुपात पनि अनुमोदन गर्ने एजेण्डा रहेको छ । प्राप्तिपछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड रहने प्रस्ताव पनि पारित गर्नेछ ।

उक्त साधारण सभामा हाल कायम रहेका शेयरधनीहरुले भाग लिन र लाभांशमा सरिक हुन नसक्ने सम्भावना छ । बैंकले साविकको तत्कालीन देव विकास बैंकसँग गाभ्ने र गाभिने सम्बन्धमा भएको सैद्धान्तिक सहमतिपछि २०७४ जेठ २६ गतेदेखि सहारा विकास बैंकको बुक क्लोज रहिरहेको अवस्था छ । सोभन्दा अघि कायम सेयरधनीहरुमात्र सभा भाग लिन योग्य हुने निर्णय गरेकोले त्यसयता शेयर खरिद गरेकाहरुले भाग लिन पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*