राधी विद्युतको हकप्रद निष्काशन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

२४ श्रावण २०७८, आईतवार १३:१३

काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । हाल आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजना लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सभाबाट ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने बोनसमा लाग्ने कर लगानी कर्ताले नै तिर्नु पर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*