मेगा बैंकद्धारा घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२४ श्रावण २०७८, आईतवार १४:०८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

घोराही उपमहानगर पालिका वार्ड न १८ को मसिनास्थित कालिका धर्मशालामा स्थानियहरुसँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा घोराही शाखाका अप्रेशन इन्चार्ज मधुसुदन भट्टराईले बैंक तथा कार्यक्रमका बिषयमा प्रस्ट पार्दै बैंकका सेवाहरुका बारेमा जानकारी दिए । करिब ५० जना स्थानीयको उपस्थित रहेको उक्त कार्यक्रममा बैंकका कर्जा बिभागका पुष्प वलीले बैंकले दिने कर्जा सेवाका साथ–साथै कर्जाका बेला आवश्यक कागज पत्र के–के हुन्छन भन्ने बिषयमा जानकारी गराए ।

बैंकका शाखा प्रबन्धक विवेक आचार्यले बैंकका सेवा तथा बैंकका बचत योजनाको बारेमा जानकारी गराएका थिए । बैंकिङ क्षेत्रमा के कारणले समस्या उत्पन्न हुन्छन भन्ने बिषयमा जानकारी गराउनु का साथै सम्पूर्ण सहभागीलाई धन्यबाद ब्यक्त गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा कालिका मन्दिर ब्यबस्थापन समितीका उपाध्यक्ष जिबराज पौडेल ,पुरन महरा ,मेघराज अर्याल , गोपाल कुवर लगायतले वित्तीय साक्षरताका विषयमा जिज्ञाशा तथा अनुभव आदान प्रदान गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*