मिर्मिरे लघुवित्तद्धारा सबै तहका कर्मचारीलाई तालिम प्रदान

२४ श्रावण २०७८, आईतवार १४:१५

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले हरेक तहका कर्मचारीलाई तालिम प्रदान गरेको छ । कम्पनीले कर्मचारीलाई सबल अनि सक्षम बनाउनका लाागि साउन २३ गते शनिबार तालिम दिएको हो ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्योैपाने र इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख सुशिल कुमार बुढाले प्रदेश १ का कर्मचारीलाई एकदिने फिल्ड व्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।

संस्थाले ग्राहकहरुलाई प्रभावकारी रुपमा सेवा दिने तथा गुणस्तरीय लगानी बृद्धिका लागि कर्मचारीलाई लगानी तथा बचत बृद्धि सम्बन्धी तालिम दिएको हो । सो तालिम पश्चाप कर्मचारीले प्रभावकारी ढङगले काम गर्ने सक्ने विश्वास लघुवित्तले लिएको छ ।

संस्थाले अघिल्लो साताको बिहिबार काभ्रेको धुलिखेलमा बनेपा ब्लक स्टेशनका शाखा प्रमुखहरुलाईृ ब्यवसाय तथा शाखा ब्यवस्थापन सम्बन्धि तालिम दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*