सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा

२४ श्रावण २०७८, आईतवार १४:१९

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ ।

संस्थाले काठमाडौँको तारकेश्वर नगरपालिका शेषमतिमा थप नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । समृद्धिको सहयात्री नारालाई जोड दिदै संस्थाले ग्रामिण भेगका विपन्न समुदायको समृद्धिमा टेवा पुराउने हितले ५१ हजार घरदुरीमा सेवा दिदै आएको छ ।

संस्थाले थप एक शाखा विस्तार गरे सँगै २९ वटा जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*