महालक्ष्मी विकास बैंकद्धारा कोरोनाबाट ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोेग

२४ श्रावण २०७८, आईतवार १६:१६

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसबाट मृत्यु भएको कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सुदुर पश्चिम प्रदेशको अछाम साँफेबगर शाखामा सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा न ४ का प्रेम बहादुर बोहराको कोेरोना भाइरसबाट बैशाख ३१ गते निधन भए पछि उनको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

बैंकको साँफेबगर शाखाबाट गएको एक टोलीले बोहराको निवास मै पुगेर राहत वापत १ लाख ९७ हजार दुई सय रुपैयाँको चेक मृतककी पत्नी लक्ष्मी बोहरा र पार्वती बोहरालाई हस्तान्तरण गरेको थियो ।

आर्थिक सहयोगका लागि बंैकका कर्मचारीको खाजा खर्च कटौति गरेर बोहराको परिवारलाई राहत स्वरुप सो रकम सहयोग गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*