जनउत्थान सामुदायिक लघुवित्तद्धारा पाल्पाको रिब्दीकोटमा बृक्षारोपण कार्यक्रम सम्पन्न

२४ श्रावण २०७८, आईतवार १६:३१

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हरित प्रबर्द्धन अभियान अन्तर्गत बुक्षारोपण गरेको छ । संस्थाले पाल्पाको रिब्दीकोट गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा साउन २३ गते शनिबार वृक्षारोपण गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित सिलाङ्गथोक, विश्वकर्मा बाबाको मन्दिर, भैरबस्थान मन्दिरको परिसर र तानसेन नगरपालिका–५ ढुंगाखानीको लाँकुरी चौपारी वरिपरि बिरुवा रोपिएको कम्पनीका अध्यक्ष बाबुराम विश्वकर्माले जनाएको छ ।

उनका अनुसार १० ओटाभन्दा बढी विशेष प्रजातीको सिलाङ्गेका बिरुवा रोपिएको र अन्य धुपी, अशोका, कपुर, कटहर लगायतका विभिन्न प्रजातिका बिरुवाहरु समेत रोपिएको छ ।

उक्त बृक्षारोपण कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, विशिष्ट अतिथि एवं कम्पनीका संस्थापक, परिकल्पनाकार तथा नेपाल सरकारका पूर्व सचिव डा मान बहादुर विश्वकर्मा, रिब्दीकोट गाउँपालिका–३ का वडाध्यक्ष विष्णुप्रसाद खनाल, कार्यपालिका सदस्य लीला आचार्य, वडा सदस्य विष्णुमाया नेपाली, पत्रकार मिलन विश्वकर्मा, स्थानीय गीता सोमैको उपस्थिति रहेको थियो ।

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा कम्पनीका सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्तबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य नरेन्द्र कँडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*