कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता

२४ श्रावण २०७८, आईतवार १८:०९

काठमाडौंं । कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ। यससँगै अब बैंकमा सर्वसाधारणले हितग्राही खाता (डिम्याट) खोल्न पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सिडिएससीको तर्फबाट सिईओ पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्फबाट सिईओ प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सिडिएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*