चिलिमे जलविद्युत कम्पनीको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी ११ रुपैयाँमा सीमित

२५ श्रावण २०७८, सोमबार ०७:०५

काठमाडौं । वर्षभरि जलविद्युत कम्पनीको शेयरमा ठूलो चलखेलहरु भए । तर, वित्तीय विवरण प्रकाशित हुँदा भने जलविद्युत कम्पनीको मुनाफा घटेर आउन थालेपछि भने लगानीकर्ताहरु तनावमा पर्ने देखिएको छ । आज प्रकाशित चलिमे जलविद्युत कम्पनीको वित्तीय विवरणले लगानीकर्ताहरुलाई निराश बनाएको छ ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले जम्मा ७० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष ५.८७ प्रतिशतले गिरावट आएको हो । मुनाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत घटेर जम्मा ११ रुपैयाँ १७ पैसामा सीमित भएको छ । कम्पनीको आम्दानीमा ह्रास आएसँगै मुनाफा प्रभावित भएको वित्तीय विवरणमा झल्किएको छ । गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ ।

गत आवमा एक अर्ब १४ करोड आम्दानी गरेकोमा चालु आवमा एक अर्ब १२ करोड मात्रै आम्दानी गरेको हो । कम्पनीको कूल चुक्ता पुँजि छ अर्ब २८ करोड सात लाख रुपैयाँ छ ।

अघिल्लो आवको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी १.८८ रुपैयाँ घटेको छ । चिलिमे जलविद्युत कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*