१० करोड चुक्ता पुँजिको आँधीखोला लघुवित्तले कमायो चार करोड मुनाफा, अन्य सूचांक कस्तो ?

२५ श्रावण २०७८, सोमबार ०७:३९

काठमाडौं । कूल १० करोड चुक्ता पुँजि भएको आँधीखोला लघुवित्त वित्तीय संस्थाले गत अािर्थक वर्षमा चार करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा लघुवित्तले ४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा एक करोड ९० लाख रुपैयाँ मुनाफा गरेको कम्पनीले गत आवमा ११४.९५ प्रतिशत गर्न सफल भएको हो ।

कम्पनीले निक्षेप २९ प्रतिशतले बृद्धि गरी ऋण प्रवाह ४८ प्रतिशतले बृद्धि गर्दा खुद ब्याज आम्दानी ३८ प्रतिशतले बृद्धि गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । कम्पनीको सञ्चालन मुनाफा १०२.८५ प्रतिशत बढेको छ । साथै २० लाख रुपैयाँ खराब कर्जा असुल गरी राईट ब्याक गर्दा मुनाफामा थप योगदान पुगेको देखिएको छ ।

कम्पनीको मुनाफामा उत्साहप्रद बृद्धिसँगै प्रतिशेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ ६ पैसा पुगेको छ । यस आवमा मात्रै २२.०५ रुपैयाँ प्रतिशेयर आम्दानी बृद्धि भएको देखिएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ११.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*