एचआईडिसीएलको ११ अर्बको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

२५ श्रावण २०७८, सोमबार ११:२३

काठमाडौँ । हाइड्रोेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन ५ गते देखी निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशनका लागि जेठ २८ गते शेयर दाखिला खारेजी गरेको थियो । जेठ २७ गतेसम्म नेप्सेमा कारोेबार भइ कायम यस कम्पनीका शेयरधनीहरुmले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

सञ्चालक समितिको २४१ औँ बैंठकले कोभिड १९ को महामारीको अवस्थामा हकप्रद शेयरको लागि हालसम्म प्राप्त दरखास्तको विवरणलाइृ मध्यनजर गर्दै दरखास्त दिने अवधि साउन २५ गते बाट बढाएर भदौ ८ गते बैंकिङ समयसम्म थप गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*