सुनको मूल्य ओरालोतर्फ, दुई दिनमै २५ सयले घट्यो सुन

२५ श्रावण २०७८, सोमबार ११:४६

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको छ । हिजो मात्रै तोलामा १५ सयले घटेको सुनको मूल्य आज पनि १ हजार रुपैयाँले घटेको छ । हिजो र आजको मूल्य ग्राफ हेर्दा दुई दिनमा २५ सयले सुनको मूल्य घट्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोल ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । आइतवार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा २५ रुपैयाँले घटेर सोमवार १ हजार २१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*