सिनर्जी पावरद्वारा १० प्रतिशत बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने

२५ श्रावण २०७८, सोमबार ११:५७

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७७।०७८ को संचित मुनाफाबाट लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ बरावर १ (२ः१) रेसियोमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७३ करोड ३२ लाख ५० हजार रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । यही पूँजीको आधारमा हकप्रद शेयर जारी गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*