मेरो माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्ने

२५ श्रावण २०७८, सोमबार १२:१३

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको ल्याएको छ । संस्थाले ५ लाख ९८ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त लिलामी शेयर खरिद गर्न न्युुनतम मूल्य प्रतिकित्ता ५९५ रुपैयाँ तोकेको छ । उक्त शेयर खरिद गर्न सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गनुपर्नेछ ।

इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार देखी अधिकतम सस्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार बोेलपत्र भदौ १ गते बिहान १० बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी काठमाडौँमा खोलिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*