साढे ९६ करोड चुक्ता पूँजी रहेको मन्जुश्री फाइनान्सको खुद नाफामा उल्लेख्य प्रदर्शन

२५ श्रावण २०७८, सोमबार १२:४०

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रर्दशन देखिएको छ ।

गत वर्षको आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११५.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

साथै समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.६१ प्रतिशत घटेर २८ करोड ११ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ करोड ३७ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ८० करोड ९३ लाख ९३ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११३.६९ प्रतिशले बढी हो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १८ प्रतिशत बढेर ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ५७.८७ प्रतिशत बढेर ७६ करोड ७८ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको निक्षेप ५२.३६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड ७ लाख ७० हजार रुपैयाँ र कर्जा ५.४८ प्रतिशत बढेर ६ अर्ब २० करोड ५० लाख ३४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*