मेगा बैंक र एनसेलबीच सहकार्य, ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नेलाई एनसेलको विभिन्न आकर्षक सुविधा

२५ श्रावण २०७८, सोमबार १३:१३

काठमाडौं । मेगा बैंक लिमिटेडले ग्राहकलाई आकर्षण गर्न शुन्य मौज्दातमै खोल्न सकिने ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकले निःशुल्क रुपमा नै एनसेलको सिमकार्ड प्राप्त गर्ने भएका छन् । उक्त बचत खातामा आकर्षक विशेषताहरु समावेश गरिएको छ ।

उक्त बचत खातामा ग्राहकले एनसेलद्धारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधानहरुसहितको सिमकार्ड निःशुल्क रुपमा नै प्राप्त गर्न सक्नेछन् ।

बैंक र एनसेलको उक्त सहकार्यका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन्डी चोङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार नयाँ खाता खोल्ने ग्राहकहरुका साथसाथै उक्त निक्षेप योजनाअन्तर्गत मेगा स्मार्ट मोबाइल बैकिङ सुविधा उपभोग गर्ने ग्राहकहरुलाई प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

साथै यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै, मेगा बैंकको उक्त बचत खाता खोल्नासाथ ग्राहकले प्राप्त गर्ने एनसेलको उक्त सिमकार्डमा मासिक १०० रुपैयाँमात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*