आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, प्लस टु पासलाई पनि अवसर

२५ श्रावण २०७८, सोमबार १३:२९

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै तेस्रोे तहदेखि नवौं तहसम्मकोे लागि कर्मचारी मागेको हो ।

कम्पनीले सहायक प्रबन्धक (विभागीय प्रमुख) तहलागि २ जना, सहायक प्रबन्धक (आन्तरिक लेखा परीक्षण विभागीय प्रमुख)का लागि १ जना, अधिकृत (प्रदेश प्रमुख) का लागि ३ जना, अधिकृत (सूचना तथा प्रविधि)का लागि ११ जना, सहायक अधिकृत (सूचना तथा प्रविधि)का लागि २ जना, सहायक अधिकृृत (वित्त तथा लेखा)का लागि २ जना, सहायक अधिकृत (अनुगमन)का लागि ६ जना, वरिष्ठ सहायक (सूचना तथा प्रविधि)का लागि २ जना, वरिष्ठ सहायक र सहायक (शाखा प्रबन्धक) का लागि केहि र कनिष्ठ सहायकका लागि केही सख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा गई आवेदन दिन सक्नेछन्।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*