युनिक नेपाल लघुवित्तको खुद नाफा ८६ प्रतिशतले बृद्धि

२५ श्रावण २०७८, सोमबार १४:३०

काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले ७ करोड ५५ लाख २६ हजार खुद नाफा आर्जन गरेको छ । जु अघिल्लो आवको तुलनामा ८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा संस्थाले ४ करोड ५ लाख खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि बृद्धि भएको छ । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २६ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष संस्थाले कर्मचारी खर्च ७ करोड ६४ लाख ९७ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा थोरैले बढी हो । अघिल्लो आवको सोही अवधिमा कर्मचारी खर्च ७ करोड २० लाख ५८ हजार रहेको थियो ।

संस्थाको समिक्षा अवधिसम्ममा चुक्तापूँजी ९ करोड ६८ लाख २० हजार रहेकोमा जगेडा कोष १८ करोड ७४ लाख ७० हजार रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*