मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न, भोलि आइपीओ बाँडफाँड हुने

२५ श्रावण २०७८, सोमबार १४:३२

काठमाडौं। मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरिसकेको छ भने बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।यस कम्पनीले प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरिसकेको छ ।आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको छ । उक्त कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।

सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*