हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, सोमबार सर्वाधिक काराबोर हुने टप १० कम्पनी

२५ श्रावण २०७८, सोमबार १५:१०

काठमाडौं । साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८० रुपैयाँको कारोबार भएको ।

पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । आज पनि हाइड्रोपावरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहको छ । कम्पनीको आज ६७ करोड ४८ लाख ५५ हजार ८६० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपर तामाकोशीको झण्डै ५९ करोड, अपि पावरको ५३ करोड ८० लाख, सिनर्जी पावर डेभलपमेन्टको ५० करोड ४५ लाख र युनाईटेड मोदी हाइड्रोपावरको ४५ करोड ९० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*