८ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२५ श्रावण २०७८, सोमबार १५:२९

काठमाडौं । आज साताको दोस्रो दिन २२४ कम्पनको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक १.४७ अकंले बढ्दा १४ अर्ब माथिको कारोबार भएको छ ।

आज आइसिएफसि फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाईड्रो डेभलोपर, युनियन हाईड्रोपावर र जिवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै ङाग्दी गु्रप पावर, युनियन लाइफ इन्स्योरेन्स र हिमालयन उर्जा विकासको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका छन् ।

यस्तै, गुमाउने कम्पनीहरुमा एसबिएल डिबेञ्चरकोे ३.९६ प्रतिशत अकं, माछापुच्छे« बैंकको ३.९२ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ३.८९ प्रतिशत अकं र सारथी नेपाल लघुवित्तको ३.३७ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*