कृषि विकास बैंकको नयाँ एक्सटेन्सन काउन्टर किर्तिपुरमा

२५ श्रावण २०७८, सोमबार १६:४९

काठमाडौँ । कृषि विकास बैंकले आफ्ना नयाँ थप एक एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले काठमाडौँको किर्तिपुर नगरपालिका परिसरमा एक्सेटेन्सन काउन्टर सञ्चालनमा ल्याएको होे ।

उक्त काउन्टरको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुुन् । बैंकले उपलब्ध गराउदै आइरहेको सेवा सुविधाहरुलाई नगपालिकासँग समन्वय गरी स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोगमा बैंकले थप गुणस्तरीय सेवा वृद्धि गदै लैजाने जनाएको छ ।

थपिएको एक्सटेन्सन काउन्टरमा अरु काउन्टरबाट दिदै आएको सबै सेवा सुविधा दिइने बैकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*