चिलिमे जलविद्युतको विद्युत बिक्री आम्दानी घट्दा खुद नाफा घट्यो

२५ श्रावण २०७८, सोमबार १७:१६

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६८ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।

साथै समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी १.११ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबापतको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापुँजी ६ अर्ब २८ करोड रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी १३.०६ रहेकोमा घटेर ११.१७ रुपैंयाँ पुगेको छ । त्यस्तै पीई रेसियो ६१.५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६१.४ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*