साउनको तीन सातामा बाणिज्य बैंकबाट ६१ अर्ब रुपैयाँ बाहिरियो

२५ श्रावण २०७८, सोमबार २०:२०

काठमाडौं । साउन महिना लागेसँगै बाणिज्य बैंकहरुबाट मात्रै ६१ अर्ब रुपैयाँ बाहिरिएको छ । जसमध्ये ६० अर्ब स्वदेशी र १ अर्ब विदेशी मुद्रा बाहिरिएको हो । गत असार मसान्तमा बाणिज्य बैंकहरुसँग ४० खर्ब ८० अर्ब रुपैयाँ थियो । यो आर्थिक वर्ष साउन लागेसँगै लगातार बैंकबाट मानिसहरुले पैसा झिक्न थालेको तथ्याङ्कले देखाएको छ।

उक्त रकम साउनमा पहिलो साता ३८ अर्ब, दोस्रो साता ७ अर्ब र तेस्रो साता थप १५ अर्ब घटेको छ । लगातार निक्षेप घटेपछि २२ साउनसम्म बाणिज्य बैंकहरुमा ४० खर्ब २० अर्बमात्रै स्वदेशी निक्षेप बाँकी रहेको देखिन्छ ।

त्यस्तै, विदेशी मुद्राको निक्षेप पनि असार मसान्तमा भएको १ खर्ब २२ अर्बबाट घटेर १ खर्ब २० अर्ब हाराहारीमा झरेको छ ।

गत असार अन्त्यमा ३५ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले २२ साउनसम्ममा ३५ खर्ब ८१ अर्ब नाघिसकेका छन् । यसबीच थप १ खर्ब ५२ अर्ब रुपैयाँ विदेशी मुद्रामै कर्जा लगानी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*