नुन बिक्री गर्ने कम्पनी साल्ट ट्रेडिङको नाफा २४% ले गिरावट

२६ श्रावण २०७८, मंगलवार ०७:१८

काठमाडौं । देशैभरि नून बिक्री गर्ने एकाधिकार प्राप्त संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफामा उच्च अंकको गिरावट आएको छ । कम्पनीको लागत बढेका कारण मुनाफा संकुचित भएको देखिएको छ । सरकारी लगानी रहेको साल्ट ट्रेडिङले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अघिल्ले आवको तुलनामा २४.२२ प्रतिशतले मुनाफा घटेको देखिएको छ । अघिल्लो आवमा छ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत असार मसान्तसम्ममा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

एक अर्ब ३२ करोड ८१ लाख ४१ हजार रुपैयाँको बिक्री गरेको कम्पनीको मुनाफा एक अर्बभन्दा बढि भएपनि उच्च व्यवस्थापन खर्चका कारण घाटा बढेको हो । कम्पनीले कर्मचारी खर्च र प्रशासकीय खर्च बापत मात्रै ३९ करोड रुपैयाँ खर्च गरेको देखिएको छ । त्यस्तै ६४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ । साल्ट ट्रेडिङसँग दुई अर्बभन्दा बढिको जिन्सी सामग्री मौज्दात रहेको छ ।

कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी समेत घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*