सामुदायिक लघुवित्तको मुनाफा १६०% ले बृद्धि, खराव ऋण असुल हुँदा प्रतिशेयर आम्दानी बढ्यो

२६ श्रावण २०७८, मंगलवार ०७:२९

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मुनाफा उच्च अंकले बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवमा आर्जित ६६ लाख ४५ हजार रुपैयाँबाट गत आवमा एक करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । वित्तीय विवरणमा कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा १६०.८७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

कूल चुक्ता पुँजि १३ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले आर्जित मुनाफाबाट दोहोरो अंकमा प्रतिफल दिन सक्ने देखिएको छ । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको अवस्थामा थप खराब कर्जा उठाउन सफल भएपछि खुद नाफामा उच्च अंकले बृद्धि देखिएको हो ।

कम्पनीको खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ११५.५९ गुणा र प्रतिशेयर नेटवर्थ १५०.५१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*