साना किसान विकास लघुवित्तको नाफा बढेर ६१ करोडमाथि, शेयरधनीले पाउने लाभांश घट्ने !

२६ श्रावण २०७८, मंगलवार ०७:४५

काठमाडौं । साना किसान लुघवित्तले गत आर्थिक वर्षमा ६१ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आव २०७६।०७७ मा ५४ करोड २२ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा १२.१८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको सो कम्पनीले आज प्रकाशन गरेको आव २०७७।०७८ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा जनाएको छ ।

कम्पनीले २० करोड रुपैयाँ खराव कर्जा उठाउन सफल भई राईट ब्याक गर्न पाएका कारण मुनाफा उच्च अंकले बृद्धि भएको हो । उक्त रकम उठाउन नसकेको भए कम्पनीको मुनाफा ठूलो मात्रामा तल झर्ने देखिएको छ ।

कम्पनीले गत आवमा खुद ब्याज आम्दानी ९.०२ प्रतिशत बढाएको छ भने सञ्चालन मुनाफा ५.७८ प्रतिशत घटेको वित्तीय विवरणमा देखिएको छ । कम्पनीको चुक्ता पुँजि बृद्धि भएको तथा सो अनुपातमा मुनाफा बृद्धि नभएकोले कम्पनीको प्रतिशेयर आम्दानी ४९.१४ रुपैयाँमा सीमित भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५४.८१ रुपैयाँ थियो । कम्पनीले गत आव २६.३१ प्रतिशत लाभांश वितरण गरेकोमा यस आवमा उक्त लाभांश अझै घट्ने देखिएको छ । कम्पनीको मुनाफा बृद्धि भएपछि पुँजि थप भएकोले यस वर्ष लाभांश घट्ने देखिएको हो । गत आवमा कम्पनीले दिएको २५ प्रतिशत बोनस शेयरका कारण चुक्ता पुँजि १० करोडबाट १२ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।

सो कम्पनीको मूल्य आम्दानी अनुपात ३३.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*