बिजय लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, प्रतिशेयर आम्दानी ४४ रुपैयाँमाथि

२६ श्रावण २०७८, मंगलवार ०७:५८

काठमाडौं । गत आर्थिक वर्षको कोरोना कहरकै बीचमा बिजय लघुवित्त वित्तीय संस्थाको मुनाफा दोब्बरले बृद्धि भएको छ । विश्लेषकहरुले लघुवित्तको मुनाफामाथि प्रश्न चिन्ह उठाइरहेको बेला बिजय लघुवित्तले वित्तीय कारोबार अन्तर्गतको ब्याज आम्दानी गरेरै सो मुनाफा आर्जन गरेको हो । त्यति मात्रै होइन, सो लघुवित्तले १० करोड रुपैयाँ खराव ऋणका लागि प्रोभिजन गर्दा समेत दोब्बर मुनाफा आर्जन गर्न सफल भएको छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफूलाई अब्बल र दीगो विकास गर्न सफल वित्तीय संस्थाकोरुपमा उभ्याउन सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा जम्मा पाँच करोड ८१ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा गत आवमा १०३.७२ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

बिजय लघुवित्तको खुद ब्याज आम्दानी ७४ प्रतिशतले बृद्धि २१ करोडबाट ३८ करोड पुगेको छ । त्यस्तै, कम्पनीको मुनाफा ७९.१३ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत १० करोड २३ लाख रुपैयाँ व्यवस्था गरेको छ भने २ करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । सो लघुवित्तको खराव कर्जा अनुपात भने करिब एक प्रतिशत बृद्धि भई ४.६६ प्रतिशत पुगेको देखिएको छ ।

कूल चुक्ता पुँजि २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४४.४३ रुपैयाँ छ । प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा १८ रुपैयाँले बृद्धि भएको छ । कम्पनीको चुक्ता पुुँजि बृद्धि भएकोले प्रतिशेयर आम्दानी दोब्बर नभएको हो । सो लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*