मैलुङ खोलाको आईपीओ बाँडफाँड सम्पन्न, ६ जना भाग्यमानीलाई ११ कित्ता, ६८,४६८ जनाले पाए १० कित्ता

२६ श्रावण २०७८, मंगलवार ०९:३९

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आज मंगलबार विहान बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपिओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज विहान बाँडफाँड गरेको हो । आज गरिएको बाँडफाँड अनुसार ६८ हजार ४७४ जना छनौटमा परेका थिए । सो मध्ये ६८ हजार ४६८ जना जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने छ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् । कम्पनीका अनुसार १९ लाख ९६ हजार १५० जनाको हात खाली भएको छ ।

कम्पनीले निष्काशन गरेको प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहन आएको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

गोलाप्रथाको क्रममा २ नम्वर झिकिएको छ । अब हरेक आवेदकलाई दिइएको एउटा युनिक नम्वरका आधारमा उक्त २ नम्वर प्रयोग गरी आईपिओ परेकाहरुको सूचि तयार गरी नतिजा सार्वजनिक गरिनेछ ।

कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार मैलुङ खोला https://mailungkhola.com , बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल https://www.siddharthacapital.com ,मेरोशेयरको वेबसाइट https://iporesult.cdsc.com.np , https://cdsc.com.np र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

नतिजा हेर्नको लागि तपाईले बिओआईडी नम्वर अर्थात डिम्याट खाताको पूरा नम्वर भने तयारी अवस्थामा राख्नुपर्नेछ ।

तस्विर सौजन्यः मेरोलगानीडटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*