२७ करोड माथिको चुक्तापुँजी रहेको कालिका लघुवित्तको खुद नाफा १८ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

२६ श्रावण २०७८, मंगलवार ११:४९

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ५२ लाख १६ हजार खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ६१ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ लाख ६७ हजार खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

गत आव २ करोड ६० लाख ९ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको कम्पनीलाई खराब कर्जा संकलनले खुद नाफा बढ्नमा सहयोग मिलेको हो । समिक्षा अवधिमा कम्पनीले ११ करोड ३६ लाख ५४ हजार खराब कर्जा संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस्तो कर्जा ३ करोड ३९ लाख ४८ हजार रुपैयाँ संकलन गरेको थियो ।

त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको कम्पनीले २४ दशमलव ७५ प्रतिशत बढी ३ अर्ब ५८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढि हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड १० लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिसम्म कम्पनीले ८ दशमलव ४७ प्रतिशत बढी १ अर्ब १५ करोड ८३ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ रहेको छ । चुक्तापूँजीमा कुनै परिवर्तन नदेखिएको कम्पनीको जगेडा कोष रकम भने ४७ दशमलव २७ प्रतिशत वृद्धि भई १५ करोड ३ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ दशमलव ८९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ दशमलव १७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*