माछापुच्छ्रे बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२६ श्रावण २०७८, मंगलवार १२:०९

काठमाडौं । माछापुच्छ्रे विकास बैंकका संस्थापक शेयरधनी महेश्वर राज राजभण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

भण्डारीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीको लागि माछापुच्छ्रे बैंक समक्ष निवेदन दिएकोमा उक्त शेयर बिक्री गर्न लागिएको हो ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, शेयर विभाग, पुतलिसडक काठमाडौंमा आफुले खरिद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिन सक्नेछन् ।

साथै तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा वा प्राप्त निवेदनबाट सम्पूर्ण शेयर बिक्री नभएमा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गरिने बैंकले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*