गुडविल फाइनान्सको संस्थापक शेयर लिलामीमा

२६ श्रावण २०७८, मंगलवार १२:३०

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ ।

कम्पनीका संस्थापक शेयरधनिले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम सञ्चालक समितिको बैठकले बिक्री प्रकिया अगाडि बढाउने निर्णय गरेको हो ।

इच्छुक संस्थापक शेयर खरिद गर्ने चाहने साबित संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र फाइनान्सको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौँमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति, कम्पनी र संघ संस्थालाई बिक्री प्रक्रीया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*