ग्लोबल आइएमई बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध

२७ श्रावण २०७८, बुधबार १०:५१

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गदै ५ बर्ष देखी विभिन्न साधारण सभाबाट पारित नगद लाभांश लिन अनुरोध गरेको हो ।

बैंकले २०७०।०७१ सम्मको नगद लाभांश नलिएका शेयरधनिलाई अबकोे एक महिना भित्र शेयर रजिष्ट्रार ग्लोब आइएमई क्यापिटल, नक्साल काठमाडौँमा सम्पर्क गरी उक्त लाभांश लिन अनुरोध गरेको हो ।

साथै तोकिएको अवधिभित्र नगद लाभाशं नलिएको खण्डका सो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएकोे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*