लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा

२७ श्रावण २०७८, बुधबार १६:५५

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको क्षेत्रपाटीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १३३ औं शाखा उक्त क्षेत्रमा संचालनमा ल्याएको हो ।

उक्त शाखा संचालनमार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघुव्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्य लिएको छ ।

सो शाखा संचालन पश्चात बैंकको ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैकिङ एजेन्टहरु पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*