सूर्या लाईफको छलाङ, जीवन बीमा कोषमा १० अर्ब, खूद बीमा शुल्क आम्दानी ६४% ले बृद्धि

२८ श्रावण २०७८, बिहीबार ०७:०४

काठमाडौं । पुरानो कम्पनी भएर पनि औसत बीमा व्यवसाय गर्दै आएकोमा नयाँ व्यवस्थापनसँगै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७।७८ को बार्षिक वित्तीय विवरणमा कम्पनीका सबै सूचांकहरु सकारात्मक देखिएका छन् भने खुद नाफा समेत २३ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताले समेत राम्रै प्रतिफल पाउने देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा १० अर्ब ६६ करोड १० लाख २३ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ४३.५३ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा जम्मा सात अर्ब ४२ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको जगेडा कोष २५.२५ प्रतिशतले बृद्धि भई ८३ करोड ७६ लाख छत्यस्तै कम्पनीको जगेडा कोष २५.२५ प्रतिशतले बृद्धि भई ८३ करोड ७६ लाख छ हजार रुपैयाँ संचिती गरेको छ भने महाविपत्ति कोषमा ३३.७८ प्रतिशतले बृद्धि गरी १४ करोड ६२ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको समग्र कोष ४१.९१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा तीन वटै कोषको आकार आठ अर्ब २० करोड ५५ लाख रहेकोमा गत आवमा कम्पनीले ११ अर्ब ६४ करोड ४८ लाख ७४ हजार रुपैयाँ संचिती गरेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सहितका कोषहरुको बृद्धि निकै महत्वपूर्ण मानिन्छ ।

कम्पनीले गत आर्थिक वर्षमा चार अर्ब १८ करोड २० लाख ७९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ८४ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा समीक्षा अवधीमा ४६.९७ प्रतिशतले बृद्धि भएको देखिएको छ । कम्पनीले चार अर्ब २६ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद दावी भुक्तानी पनि ८२.२८ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षमा ४४ करोड ५९ लाख ८९ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेकोमा गत आर्थिक वर्षको समीक्षा अवधीमा ८१ करोड २९ लाख ३६ हजार रुपैयाँ बृद्धि भएको छ ।

कम्पनीको लगानी, कर्जाबाट प्राप्त ब्याज तथा अन्यबाट भएको आम्दानी ३२.२३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ८३ करोड दुई लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवको समीक्षा अवधीमा एक अर्ब नौ करोड ७८ लाख तीन हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । आम्दानी बृद्धि हुँदा बोनसदर बृद्धि हुने सम्भावना रहन्छ ।

कम्पनीको व्यवस्थापन खर्च २४.५१ प्रतिशतले बृद्धि भएको छ । अन्य खर्चको तुलनामा व्यवस्थापन खर्च न्यून हुनु कम्पनीको लागि सकारात्मक देखिएको छ । अघिल्लो आवमा ५३ करोड ९७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा ६७ करोड २० लाख ८६ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । त्यसैगरी, अभिकर्तालाई कमिशन बापत ४८ करोड ५४ लाख ३१ हजार रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवमा जम्मा ३४ करोड ९१ लाख रुपैयाँ वितरण गरेको थियो । अभिकर्ता कमिशन ३९.०३ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको मुनाफा २३.०१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २६ करोड २७ लाख रुपैयाँ मुनाफा गरेको कम्पनीले गत आवमा ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।

खुद नाफा बृद्धिसँगै सूर्या लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको १४ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ३६.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

2 thoughts on “सूर्या लाईफको छलाङ, जीवन बीमा कोषमा १० अर्ब, खूद बीमा शुल्क आम्दानी ६४% ले बृद्धि

  1. सन्जीत चौधरी says:

    शेयर हुनलाइ के गर्नु पर्छ

Leave a Reply to सन्जीत चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *


*