सेञ्चुरी बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

२८ श्रावण २०७८, बिहीबार ११:२३

काठमाडौँ । सेञ्चुरी बैंकले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित हुदै आएको नगद लाभांश लिन शेयरधनिलाई अनुरोध गरेको हो ।

उक्त शेयरधनीले सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आफ्नो बक्यौता नगद लाभांश कम्पनीको डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपममेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सेती फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्सबाट प्राप्त गर्न सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र लाभांश रकम नलिएको खण्डमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जाने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*