प्राइम कमर्सियल बैेंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिलामीमा ल्याएको हो ।
संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त शेयर बिक्री गर्ने लागेको हो ।
शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनिले सूुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा कम्पनीमा बिक्री सकिने समेत बैंकले जनाएको छ ।