३ अर्ब माथिको चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको खुद नाफा ४२ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

२८ श्रावण २०७८, बिहीबार ११:५४

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले सबै सूचकमा उल्लेख्य प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकले १ अर्ब ९३ करोड ६५ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले यस्तो आम्दानी १ अर्ब ६२ करोड २३ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै संचालन मुनाफा पनि ४३.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ९० लाख ९२ हजार रुपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य मुनाफा ६० करोड ५७ लाख १२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी १३.५० प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहेकोमा जगेडा कोष ४६.०३ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७८ लाख ७४ हजार रुपैयाँ, निक्षेप ५०.६० प्रतिशत बढेर ६३ अर्ब ९० करोड २० लाख ८७ हजार रुपैयाँ र कर्जा ४८.६० प्रतिशत बढेर ५१ अर्ब ८० करोड ५५ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२३ गुणा रहेको । साथै बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*