नेपाल बङ्गलादेश बैंकको १०० औँ शाखा बेलौरीमा

२९ श्रावण २०७८, शुक्रबार १३:०४

काठमाडौँ । नेपाल बङगलादेश बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाकोे बेलौरी नगरपालिका वडा न ८ मा १०० औं शाखा सञ्चालनमा ल्याएकोे हो ।

उक्त शाखा कार्यालय बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा साउन २८ गते देखी औपचारिक रुपमा सञ्चालनमा आएको हो । सो शाखाबाट सर्वसाधारणलाईृ निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायतका बैंकिङ सेवा दिने बैंकलले जनाएको छ ।

थप एक शाखा थपिए सँगै हाल बैंकले १०० शाखा कार्यालय र ८१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*