मेगा बैंकको अधिकांश सूचकमा उछाल, खुद नाफा २ अर्ब माथि

२९ श्रावण २०७८, शुक्रबार १३:४०

काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको अधिकांश सूचकले उत्कृष्ट प्रदर्शन गरको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रशितले बढेर ५ अर्ब ८० करोड ४६ लाख रुपैयाा रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी बैंकले ४ अर्ब १७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकले १ अर्ब २६ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकको हाल चुक्तापूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेकोमा जगेडा कोष ३ अर्ब ८२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको समिक्षा अवधिमा वार्षिक प्रतिशेयर आम्दानी (इपीएस) ३०.१४ प्रतिशतले बढेर १५ रुपैयाँ ७१ पैसा रहेको छ । बैंकको पीई रेसियो २३.२९ गुणा रहेकोमा प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५५ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*