मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दे साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा मेन्छियाम हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ निष्काश तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
एनआइसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैकिङ्ग तथा इन्भेष्टमेन्ट बैकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेका छ ।