बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोष्टिकबीच सम्झौता

२९ श्रावण २०७८, शुक्रबार १४:४०

काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोष्टिक प्रालिमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा सम्यकमा १० प्रतिशत छुट पाउने छन् । ग्राहकले सम्यकले दिदै आइरहेको प्याथोलिजी सम्बन्धी स्वास्थ्य सेवाहरु उपभोग गरे वापत कुल रकमको १० प्रतिशत छुुट बैंकको कार्ड र मोबाइल बैकिङबाट भुक्तानी गर्दा पाउने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरमा ९० शाखा कार्यालय र ७८ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*